OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ ९, २०७७सुर्खेत
८९२ पटक

९ असार २०७७ , मंगल बार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या कर्णालीमा एक हजार ३०० नाघेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा २० र कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पाँच गरी जम्मा २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै यस प्रदेशमा संक्रमितहरुको संख्या एक हजार ३०७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा जुम्लामा कोरोना संक्रमण पुष्टि भएकाहरुमा दैलेख नारायण नगरपालिकाका १८, नौमुले गाउँपालिकाका १ र कालीकोट रास्कोट नगरपालिकामा एक जना रहेको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । उहाँका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिकाका एक र पञ्चपुरी नगरपालिकाका १८ महिनाकी बालिकासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा आरटी पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएसँगै सुर्खेत अस्पतालमा उपचाररत दुल्लु नगरपालिका ३ दैलेख निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार राती ९ः३० बजे मृत्यु भएको थियो । मृतक पुरुषको शव नेपाली सेनाले आजै व्यवस्थापन गरेको छ । यो संगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्