OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ ८, २०७७ सुर्खेत
४५५ पटक

८ असार २०७७, सोमबार

कर्णाली प्रदेशसभाबाट आज दुईवटा विधेयक पारित भएका छन् । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको २०औं बैठकले ‘सार्वजनिक र नीजि क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसहमितले पारित गरेको हो ।

सभामुख राजबहादुर शाहीले विभागीय मन्त्रीहरुलाई विधेयक पारित निम्ति सभासमक्ष प्रस्तावका लागि समय दिएसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘सार्वजनिक र नीजि क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनि सभासमक्ष प्रस्ताव गर्नुभएको थियो ।

मन्त्रीद्वय ज्वाला र बुढाले सभामा विधेयक पारितका लागि प्रस्ताव गरेसँगै ‘सार्वजनिक र नीजि क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ आज सर्वसहमतिले पारित भएका छन् । सभाको अर्को बैठक यही असार १० गते अपरान्ह ३ः०० बजेसम्मका लागि स्थगित भएको सभामुख शाहीले सूचित गर्नुभयो ।

प्रतिकृया दिनुहोस्