OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०७७सुर्खेत
१३६९ पटक

८ असार २०७७, सोमबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट संक्रमित हुनेको संख्या कर्णालीका एक हजार २८२ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा सुर्खेतमा १८, दैलेख र सल्यानमा चार÷चार जना गरी २६ जनामा आज कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १३ सय नजिक पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा ११, वीरेन्द्रनगर नगरपालिकामा पाँच र बराहताल गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । त्यसैगरी, सल्यान वनगाड कुपिण्डको चार, दैलेख नारायण नगरपालिकाका तीन र हुम्ला ताजाकोट गाउँपालिकाको एक जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

सुर्खेतका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

त्यसैंगरी, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका पाँचै प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्वास्थ्यकर्मी हुन् । कोरोना संक्रमित उनीहरुले यही ३१ र ३२ गते दैलेखका दुई र सुर्खेतका एकजना बिरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गरेका थिए । तीन जनामा दैलेखका क्षयरोगीसहित दुई र विष सेवन गरेर आकस्मिक कक्षमा उपचार गर्न पुगेका सुर्खेतका एकजना बिरामीलाई स्वास्थ्यकर्मीहरुले नजिकमा रहेर उपचार गरेको र असार ती रोगीको पिसिआर गर्दा रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयो ।

तीनजना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी र कार्यलय सहयोगी गरी ४२ जनालाई क्वारेन्टिनमा राखिएको थियो । ती मध्य एक भिडियो एक्सरे कक्ष र चारजना प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रदेश निर्देशक डा.खड्काले जानकारी दिनुभयो । संक्रमित सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि गरिने उहाँले बताउनुभयो ।

क्वारेन्टिनबाट आकस्मिक कक्षमा उपचार गर्न ल्याईएको भन्ने बारेमा सम्बन्धित गाउँपालिका र बिरामीका आफन्तले जानकारी नदिएका कारण स्वास्थ्यकर्मी संक्रमित हुनुपरेको प्रदेश अस्पतालले दुखेसो गरेको छ । कर्णालीमा एकैपटक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस्