OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ७, २०७७जुम्ला,
७९८ पटक

 

नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्धको संघर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण हुने मानिएको बिज्ञहरुले बताएका छन् ।

आइतबार ‘घरमै योग र परिवारका साथ योग’ भन्ने मुलनाराको साथ छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जुम्ला पनि सामाजिक दुरी कायम गर्दै योग दिवस मनाउदै जानकारी दिईएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय अन्तरगत्त रहेको आयुर्वेद शाखा जुम्लाको आयोजनामा योगको महत्वको बिषयमा जानकारी गराइएको छ । योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई जुम्लाका आयुर्वेद डाक्टर प्रतिभा शर्मा आग्रह गर्नुभएको छ ।

उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको भन्दै मानसिक अन्तरयात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै बढेको बताउनु भयो । उहाले भन्नुभयो, योगले तनाव, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान सहयोग पुग्ने छ ।

जुम्ला आयुर्वेद शाखा जुम्ला ब्यवस्थापन समितिका अध्यक्ष मनोज बुढाथोकीले योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको बताउनु भएको छ । उहाले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिइएको खण्डमा निरोगी नेपालको उद्देश्य प्राप्ति हुने बताउनु भयो । सन् २०१५ बाट संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो ।

संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाउने गरिएको पाइन्छ । पछिल्लो समयमा नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा सुरु भएको छ । त्यस्तै टिपियो नेपाल जुम्ला मानेबिमर्शकता नन्दराज आचार्याले ब्यक्तिहरुमा हुने डर, त्रास र तनाव हटाउनको लागी योग आबश्यक रहेको बताउनु भयो ।

कोरोना भाइरसको डर कम गर्न र उनिहरुको उच्चमनो बल बढाउनका लागी पनि योग महत्वपुर्णभएको छ । मानसिकरुपमा पर्ने असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श र योग गर्न अनिबार्य रहेको जिल्ला समन्वयसमितिका प्रमुख लालबहादुर सार्कीले बताउनुभयो । उहाले मनोवैज्ञानिक असर कम गर्नका लागि र शारिरिक रुपमा स्वस्थ रहेको लागी सबैले योग गर्न आबश्यक रहेको छ ।

आइतबार परेको छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसमा जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा , समन्वय समितिका प्रमुख लालबहादुर सार्की ,जिल्ला स्थित बिषयगत्त कार्यलयका प्रमुख तथा प्रतिनिधि ब्यापारी संञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका न्यूरो सर्जन डा. निलम खड्काले समेत कोरोना देखी विभिन्न प्रकारका रोगहरु विरुद्धमा लड्नका लागि योगाले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएको समेत बताउदै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्