सल्यान, ४ असार ।
सल्यानको कपुरकोट गाउँपालिकामा ५० बेडको आइसोलेसन तयार भएको छ । वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो । आइसोलेसन बनाउनका लागि नेपाली सेनाले श्रम शक्ति परिचालन गरेको थियो ।
निर्धारित समय भित्रै तयार भएको सुविधा सम्पन्न आइसोलेसन सेन्टरको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले अवलोकन समेत गरेका छन् । कर्णाली प्रदेश सरकारले पठाएको रु ९ लाख २० हजार रुपैयाँ तथा आफ्नो पालिकाको ब्यवस्थापन र नेपाली सेनाको श्रम शक्तिबाट समयमै आइसोलेसन तयार गर्न सकिएको बताउनुभयो ।
सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिनका लागि आइसोलेसन वार्ड तयार गरिएको हो । आइसोलेसन सेन्टरमा महिला पुरुषका लागि छुट्टा छुट्टै सौचालयको ब्यवस्था, धारा, विजुली बत्ति लगाएतको ब्यवस्था गरिएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।
१४ जनाको स्वाब संकलनः
यसैविच बुधबार कपुरकोट गाउँपालिकाबाट कोरोना परिक्षणका लागि १४ जनाको स्वाब संकलन गरिएको छ । भारतबाट आएका तथा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु गरेर १४ जनाको स्वाब लिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताए । जानकारी दिनुभयो । पिसिआर विधिबाट कोरोना भए नभएको पत्ता लगाउनका लागि स्वाब संकलन गरिएको हो ।
स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएम गाउँपालिकाले नै खरिद गरेको छ । संकलित स्वाबलाई बुधबार नै परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ स्थीत प्रयोगशालामा लगिएको संयोजक दाहालले बताउनुभयो । कपुरकोटमा हाल सम्म एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उहाँको सल्यान सदरमुकाम स्थित आइसोलेसनमा उपचार भइरहेको छ ।
शंकर केसी आषाढ ५, २०७७सल्यान
६४८ पटक
- युद्धले अरू देश ध्वंस भएका बेला अमेरिका मालामाल !
- वडापालिकाको आम्दानी स्रोत बन्यो तातोपानी धारा
- जिल्ला प्रहरी कार्यालय जुम्लाको भवन बर्षौ देखी अलपत्र
- समाज बदल्ने उपदेश दिनेले बदलिएर देखाउनुपर्छः मुख्यमन्त्री कँडेल
- शिक्षकलाई स्थानीय तहको ज्यादतीबाट मुक्त गर्न ध्यानाकर्षण
- जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन
- बजेट खर्च प्रतिशत कम भन्ने समाचार नआओस्ः प्रदेश प्रमुख जोशी
- कर्णालीमा एक लाख २० हजार किशोरीलाई एचपिभि लगाउँदै सरकार