OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७७ सुर्खेत
५३८ पटक

 ४ असार २०७७, बिहीबार

कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको कोरोना परीक्षणमा दैलेख ८६ र सुर्खेतका ३४ जनामा आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना पुष्टि भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ मा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिका एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई÷दुई जनामा कोरोना संक्रमण पुष्टि भएको डा.तिवारीले बताउनुभयो । त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई÷दुई, र सिम्ता गाउँपालिकामा एक जनामा संक्रमण देखिएको उहाँको भनाई छ ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना संक्रमितहरुको संख्या एक हजार २२४ पुगेको छ । प्रतिष्ठान जुम्लाबाट छ, आइसोलेसन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबट एक र महाबु आइसोलेसन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५०५ पुगेको छ । बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्