OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३, २०७७ सुर्खेत
८६२ पटक

३ असार २०७७, बुधबार

कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या एक हजार १०० नाघेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्ट अनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । आज १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार १०४ पुगेको उहाँले बताउनुभयो ।

महाशाखा प्रमुख डा.तिवारीका अनुसार कूल संक्रमितहरु मध्य दैलेखमा मात्र हालसम्म ६३६ अर्थात करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमितहरुमा पुरुष एक हजार २२ जना र महिला ८२ जना रहेका छन् ।

कर्णालीमा कोरोना जित्नेको संख्या ४९४

कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिहरुमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको संख्या ४९४ पुगेको छ ।

आज मात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना संक्रमितहरु कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । डोल्पा, दैलेख र सुर्खेतका एक÷एक गरी तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ८१० नागरिकहरु भारतबाट आईपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्