OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०७७ सुर्खेत
४६१ पटक

२ असार २०७७, मंगलबार

कर्णाली प्रदेशमा २५ दिनमा एक हजार ८६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार २५ दिनको अवधिमा कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार ८६ पुगेको पाईएको छ । सोमबार दैलेख ९१ र सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको थियो । आज भने दैलेखमा पाँच र सुर्खेतमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा संक्रमित हुनेहरुको संख्यामा सबैभन्दा बढी दैलेख जिल्लामा रहेको जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा.तिवारीका अनुसार कूल संक्रमितहरु मध्य दैलेखमा मात्र हालसम्म ६३४ अर्थात करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २३५, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा पुरुष एक हजार छ जना र महिला ८० जना रहेका छन् । त्यस्तै, आज मात्र कर्णाली प्रदेश अस्पताल, दुल्लु, दैलख र सल्यान अस्पतालबाट १९१ जनाले कोरोना जितेका छन् । आजका दिनसम्म कर्णालीमा कूल संक्रमितहरुमा ३४२ जनाले कोरोना जितेर घर फर्केका छन् । डोल्पा, दैलेख र सुर्खेतका एक÷एक गरी तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिकहरु भारतबाट आईपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्