OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०७७ सुर्खेत
३९४ पटक

१ असार २०७७, सोमबार

कर्णाली प्रदेशसभामा आज दुईवटा विधेयक टेबुल गरिएको छ । सभामा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७७’ र त्यसको अतिरिक्त कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७’ टेबुल गरिएको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १३औं बैठकमा दुवै विधेयक टेबुल गर्नुभएको हो । त्यससँगै उहाँल प्रदेश सरकारको आगामी आव. २०७७÷०७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटप्रति सभामा टेबुल गर्नुभएको थियो ।

आर्थिक तथा विनियोजन विधेयक, २०७७ सहित राजश्व र व्ययको वार्षिक अनुमानको बजेट प्रति सभामा टेबुल गर्न कर्णाली प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो । प्रदेश सरकारले टेबुल गरेको उक्त विधेयकमाथिको छलफलका लागि अर्को बैठक असार ३ गते दिउसो ३ः०० बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्