OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०७७ सुर्खेत
४११ पटक

१ असार २०७७, सोमबार

कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ को बजेट ल्याउँदैछ । आज ११ः०० बजे बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)लाई केन्द्रित गरेर बजेट ल्याउन थालिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको करिब रु.३३ अर्ब बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सरकारले आगामी वर्ष पनि कोभिड–१९ संक्रमण, रोकथाम र उपचार, उत्पादन र रोजगारमा केन्द्रित बजेट ल्याउने तयारी गरेको जनाएको छ । प्रदेश सरकारका अनुसार वर्तमान परिस्थितिलाई आँकलन गरी चालु आ.व. भन्दा बजेटको अलि घटेर आउने देखिन्छ ।

प्रदेश योजना अयोगका सदस्य डा. दीपेन्द्र रोकायाले पञ्चवर्षीय योजनाको आधारपत्रमै टेकेर बजेट तयार गर्ने भनिएपनि कोभिड–१९ का कारण बजेट र प्राथमिकता फेरबदल भएको जनाउनुभयो । उहाँले आगामी आ.व.२०७७÷०७८ को बजेटमा उपचार, उत्पादन र रोजगारमा केन्द्रित ल्याउन थालिएको बताउनुभयो ।

“सरकारको आगामी हरेक वडामा श्रमदल गठन गरेर आफ्नो गाउँको विकास आफै गर्ने गरी सम्बोधन गर्नेछ,” सदस्य डा.रोकायले भन्नुभयो, “यसले कर्णालीको भोकमरी निवारण गर्न र समृद्धिको सपनालाई समेटेर लिने अपेक्षा गरिएको छ ।”

बिगतका वर्षहरुको बजेटमा प्रदेश सरकारले कृषि, सडक, पर्यटन र पूर्वाधारलाई विशेष जोड दिँदै आएको थियो । कर्णाली सरकारले चालू आ.व.मा ३४ अर्ब ३५ करोड बजेट ल्याएको थियो ।

प्रतिकृया दिनुहोस्