OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ ३२, २०७७जुम्ला,
१२११ पटक

खलङ्गा जेठ ३२ गते । लामो समयदेखी लकडाउनले बन्द भएका सरकारी तथा गैर सरकारी कार्यालयहरु २०७७ असार १ गतेबाट खुल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको जारी सूचना अनुसार दुई सिप्ट विहान ८ बजे देखी १ बजे सम्म र दिउसो १ बजे देखी साझ ६ बजे सम्म दुई सिप्ट सुचारु हुने भएका हुन् । जिल्ला प्रशासन कार्यालयको जेठ ३१ गतेको सूचना अनुसार सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु अर्को सूचना जारी नहुदा सम्म असार २१ दिन सम्मा समेत खुल्ने भएका जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को सूचना जारी नहुदा सम्म असार २१ गते सम्म कार्यालय खुल्ने भएका छन् ।
यसैगरी जारी सूचनामा स्वास्थ्य सँग सम्वन्धीत सवै सेवा, सवै प्रकारका कृषि पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पशल डिपार्टमेन्ट खुल्ने भएका छन् । सवै प्रकारका ढुवानी , पैदल आगामन, साईकल, जिल्ला भित्र जोर बिजोर प्रणालीमा मोटरसाईकल र निजी सवारी साधनमा चालक बाहेक २ जना अन्य संचालनमा ल्याउन सकिने छ ।
यसैगरी विधुत दमकल, एम्बुलेन्स संचार तथा प्रसारण, हुलाक सम्वन्धी सेवा, विकास आयोजान, फोहरमैला व्यवस्थापन, नर्सरी वनजन्य उद्यम, रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वारेन्र्टाइनका लागि तोकिएका होटल तथा यातायातका साधन, जोर बिजोर प्रणालीमा प्रयोग हुने यातायातका साधनमा सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, सवै यात्रुले अनिवार्य मास्क सेनिटाइजर लगाउने र सवारी साधनलाई दैनिक नसिक्रमित गर्ने । अत्यावश्यक काममा जिल्ला बाहिर जानुपर्ने अवस्था भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।
यसैगरी स्थानीय प्रशासनले गृहमन्त्रालयको निर्देशन र जिल्ला कोभिड १९ रोकथाम केन्द्रको निर्णय अनुसार सामाजिक दुरी अनिवार्य कायम गर्नुपर्नेछ । यसै गरी मास्क सेनिटाईजर, पटक पटक साबुन पानीले हात धुनुपर्ने यद्यपी नियमको पालनमा नगरे नियमानुसार कानून अनुसार कारवाही गरिने भएको छ ।
बृस्तृतमा जिल्ला प्रशासनको सूचना

प्रतिकृया दिनुहोस्