OnlinePana

आज : २०८३ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०८३काठमाडौं
७ पटक

१६ असार २०८३, मंगलबार

सुर्खेतः प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को अवरोध पछि कर्णाली प्रदेशसभा स्थगित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १८औं बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३’ अन्तरगत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयका शीर्षकहरु माथिको छलफलमा सभा सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ समय दिनुभयो ।

मुख्यमन्त्री कँडेलले सभा सदस्यहरुले उठाएका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आकस्मिक समयमा बोल्दै सरकारलाई सुधार गर्न र सच्याउन सजिलो बाटो अपनाउन समय दिएपनि त्यसो नगरी विकृतिको ढाकछोप गर्दै आएको आफुहरुले उठाएका मुद्दाहरुम गम्भीर नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “कार्य विभाजन नियमावली मिचिएको कुरा सच्याउने भनिएपनि वेवास्ता गरिएको, प्रतिष्ठान र स्मृति भवनको बारेमा बजेटमा सुधार नभएको, निजी उद्योग र फाउण्डेसनलाई व्यक्तिगत लाभ हुने गरी अनुदान दिइएका कुरामा सरकारले कुनै पनि प्रतिवद्धता नगरेको बरु सरकारकै तर्फबाट निकै ठूला घमण्ड देखाइएको छ । अधुरा योजना अलपत्र पारेर निकै चलाखीपूर्ण तरिकाले नयाँ योजना हालिएको छ । बैंक खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम दुई वर्षसम्म विकल्पका रुपमा पनि छलफल गरिएको छैन ।”

यसरी व्यक्तिका नाममा तोकिएर आएका योजना, प्रतिपक्षीले उठाएका प्रश्न र विषयको स्पष्ट जवाफ एवं प्रतिबद्धता नआएसम्म र बजेटमा बिगतमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म सभाका कार्यसूची अगाडि बढ्न नसक्ने भन्दै प्रतिपक्षी दलका सदस्यहरुले सभाको बैठक अवरुद्ध गरेका थिए । बैठक अगाडि बढ्न नसकेपछि सभामुख गुरुङले सभाको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्