OnlinePana

आज : २०८३ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०८३काठमाडौं
१२ पटक

 

 १५ असार २०८३, सोमबार

सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतले कर्णालीका दश जिल्लामा कार्यरत हुलाक कर्मचारीहरुलाइ प्रशिक्षण दिएका छ ।

निर्देशनालयले कर्णाली प्रदेशस्थित जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत तथा हुलाक निर्देशनालय सुर्खेत र मातहतका स्थानीय तह हुलाक कार्यालयहरुमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई प्रशिक्षण दिएको हो । बदलिदो परिवेशमा नागरिकको घरदैलोमा सेवा प्रवाह गर्नको लागि सहजीकरण गर्न कर्मचारी क्षमता विकास तथा पुनर्ताजगीका लागि प्रशिक्षाण कार्यक्रमको आयोजना गरिएको हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले बताउनुभयो ।

oplus_32

दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा हुलाक सेवाको व्यवसायीकरण, प्रविधिको प्रयोग, नागरिको घरदैलेमा हुलाक सेवा, सकारात्मक सोच, उत्प्रेरणा, व्यवस्थापन जनसम्पर्क र समन्वयलगायतका विषयमा कर्मचरीहरुलाई प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त प्रशिक्षणमा करिब ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा निर्देशक पाण्डे, सुर्खेतका प्रमुख कोष नियन्त्रक मदन मगराती, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सामजिक विकास मन्त्रालयका आयुर्वेदिक चिकित्सक डा.शकर रिजाल, हुलाक निर्देशनालय सुर्खेतका शाखा अधिकृत सुनिताकुमारी खत्री, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मी तथा जिल्ला हुलाक कार्यालय दैलेखका हुलाक अधिकृत निर्मला थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्