OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३२, २०७७काठमाडौं
१००१ पटक

३२ जेठ २०७७, आईतबार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए । टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए । सुशान्तकी पूर्व म्यानेजर दिशा सालीयानले गत साता आत्महत्या गरेकी थिइन् । यो खबर ट्विट गर्दै सुशान्तले आफू स्तब्ध बनेको बताएका थिए ।

३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन् । उनले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’, ‘छिचोरे’ जस्ता सफल चलचित्रमा काम गरेका छन् । जिटीभीको सिरियल ‘पवित्र रिस्ता’ बाट सुशान्तको करिअर सुरु भएको थियो । उनी अविवाहित थिए ।

प्रतिकृया दिनुहोस्