OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३२, २०७७ बुटवल
१४२९ पटक

३२ जेठ २०७७, आईतबार

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ ।

आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम परासी गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैले चलाएको प्रहरीले जनाएको छ । साइकलयात्रीलाई जोगाउन खोज्दा कल्भर्टमा गाडी ठोक्किएर दुर्घटना भएको थियो ।

गाडीले च्यापिएका उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । देशान्तरबाट

प्रतिकृया दिनुहोस्