OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३१, २०७७सुर्खेत
५७८ पटक

३१ जेठ २०७७, शनिबार

कर्णालीमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र र दैलेखमा ३० जना गरी जम्मा ७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत र दैलेखगरी नयाँ थपिएका ७० जनागरी हालसम्म कर्णालीमा ९१६ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगंगा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका ८ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुंगेश्वर गाउपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । ७० जना सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाईएको छ ।

त्यसैगरी आज दैलेख अस्पतालबाट पाँच र दुल्लु अस्पतालबाट चार गरी नौ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिकृया दिनुहोस्