OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीजेठ ३०, २०७७ सुर्खेत,
३६३ पटक

३० जेठ २०७७, शुक्रबार

कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ८४६ पुगेको छ । आज थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८४६ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सुर्खेतका ४८ र दैलेखका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा.लक्ष्मीनारयाण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार सुर्खेत वीरेन्द्रनगरपालिकाको एक, सिम्ता गाउँपालिकाका दुई, भेरीगंगा नगरपालिकाका ६, चिङ्गाड गाउँपालिकाका पाँच र लेकबेसी नगरपालिकामा ३१ जनामा संक्रमण पुष्टि भएको प्रमुख डा.तिवारीले बताउनुभयो । त्यस्तै दैलेख भैरवी गाउँपालिकाका सात, ठाँटीकाँधका तीन र दुल्लुनगरपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्