OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७७ सुर्खेत
४४५ पटक

३० जेठ २०७७, शुक्रबार

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आईसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दावी गर्नुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश आईसिटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी प्रशिक्षण’को समापन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले डिजिटल प्रशिक्षणले शैक्षिक जागरणको नयाँ अभियान थालनी भएको जिकिर गर्नुभयो । “सूचना, सञ्चार तथा प्रविधि हाम्रो जीवन व्यहारमा उत्रेको छ,” उहाँले भन्नुभयो, “काठमाडौंले गर्न नसकेको काम यतिबेला कर्णालीले सम्पन्न गर्नु सह्रानीय छ ।”

प्रविधिको सहि सदुपयोगले सानो क्षेत्र र देशले पनि ठूलो काम गर्न सक्ने भन्दै यो काम कर्णालीले गरेको उहाँको भनाई थियो । अध्यक्ष अधिकारीले एक फरक प्रसंगमा कर्णाली प्रकृतिकै सुन्दर उपहार भएको दावी गर्दै प्राकृतिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक बिरासतका हिसाबले भरिपूर्ण भएको तथापि यसको उपयोग गर्न नजान्दा विकट भूमिकारुपमा दर्ज गरिएको तर्क गर्नुभयो ।

त्यस्तै, संगठनका केन्द्रीय सदस्य गणेशप्रसाद रिजालले शिक्षा, सूचना, सञ्चार र प्रविधि एकका अर्काका प्रयाय भएको बताउनुभयो । प्रविधिजन्य शिक्षामा राज्यले सबैको पहुँच बढाउन सके मुलुकको शैक्षिक समृद्धिमा ठूलो टेवा मिल्ने बताउनुभयो ।

त्यसैगरी, संगठनका कर्णाली प्रदेश समिति अध्यक्ष रेश्मीलाल चपाईले मुलुकमा विभिन्न संकट आईपरेको बेला शिक्षक आफैले नै आफ्नो बाटो खोल्नुपर्नेमा जोड दिनुभयो । कोरोनाको विश्वव्यापी महामारीको यो संकटपूर्ण घडी अनलाईनबाट भएपनि शिक्षकको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा डिजिटल प्रशिक्षणले सघाउ पुग्ने उहाँको भनाई थियो ।

उक्त प्रशिक्षणको समापन गर्दै संगठन कर्णाली प्रदेश समितिका उपाध्यक्ष तथा आईसिटी विभागका संयोजक रामबहादुर रावलले कोरोना महामारीले संकट मात्र नभई मानवीय जिउने कलामा वैकल्पिक अवसरहरु पनि प्रदान गरेको बताउनुभयो । संयोजक रावलले आफूले सिकेको सीप जीवन व्यवहारमा उतार्न सुझाउँदै सूचना र प्रविधिको उच्चतम प्रयोगगरी त्यसबाट अधिकतम लाभ उठाएर बालबालिकाको जीवनमा लागू गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्