२३ जेठ २०८३, शनिबार
सुर्खेत वीरेन्द्रनगरमा यही १९ गतेदेखि जारी १९ वर्ष मुनिका महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तरगत आज कोशी प्रदेशका टीका शाह र प्रिन्सा रानामगरको अर्धशतकीय पारी मधेशकी सना परविनले छाँयामा पारिदिनुभएको छ ।
प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्न कालुङचोक मैदानमा उत्रिएको मधेशले कोशीलाई पराजित गरी जीतको सुरुआत गर््यो । उक्त खेलको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसँगै टीका र प्रिन्साको अर्धशतकसमेत ओझेलमा प¥यो ।
१६ ओभरको तेस्रो बलमा खेल जित्न जम्मा दुई रन चाहिएको बेला ४८ रनमा खेल्दै गरेक िउहाँले सात चौका प्रहार गर्दै फिनिसरका रुपमा अर्धशतकीय पारीसँगै खेल समापन गर्नुभयो । सनाले नटआउट १०६ को स्टाइक रेटमा ४९ बलमा ५२ रनको उत्कृष्ट पारी खेल्दै आफ्नो टोलीलाई जित दिलाउनुभयो ।
अर्को छेउबाट उत्तिकै जिम्मेवारी र संयमतताका साथ सनासँग साझेदारी गर्नुभएकी साक्षी यादवले ४६ रनको स्कोरमा खेल्दै गर्दा सिंगल रन लिएर स्टइक रोटेट गरेर सनाका लागि अर्धशतकीय पारी खेल्ने मौका जुराउनुभयो ।
एलिशा यादव र शिवानी साह शून्यमै बाहिरिएपछि सनासंग साझेदारी गर्न क्रिजमा उत्रिएका साक्षीले ११५ को स्टाइक रेटमा आठ चौकासहित ४० बलमा ४६ रनको योगदान दिनुभयो । मधेशका दुबै विकेट शुभेक्षा लिम्बुले आफ्नो नाममा लेखाउनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनायो । ओपनिङ गर्न आएकी पूर्णिमा राजवंशी खाता नखोलेर फर्किएपछि उनीसँगै ओपनिङमा आएकी टीका शाहले ५१ रन जोडिन् भने तेश्रो क्रममा व्याटिङमा आएकी प्रिन्सा राना मगरले नटआउट ५५ रन जोड्दै उत्कृष्ट साझेदारी गर्नुभयो ।
अविजित प्रिन्साले ६८ बलमा नौ चौकासहित प्रतियोगिताको पहिलो अर्धशतकीय पारीको रेकर्ड बनाउँदा टीकाले भने ३६ बलमा ११ चौकासहित दोस्रो अर्धशतक पूरा गर्नुभयो । वीरेन्द्रनगर रंगशालामा भएको चौथो खेलमा गण्डकीसँग लुम्बिनी पाँच विकेटले पराजित भयो । टस जितेर गण्डकीविरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनीले १८.३ ओभरमा अलआउट हुनुअघि १३ अतिरिक्त रनसहित जम्मा ६३ रन बनाउन सफल भयो ।
लुम्बिनीका लागि अञ्जली पाठकले १३ र योजना थापाले १२ रनबाहेक अरु कुनै ब्याटरले दोहोरो आँकडा छुन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका कुशुम गोदार र प्लयेर अफ द म्याच बनेकी रचना चौधरीले आठ–आठ रन खर्चिएर समान तीन–तीन विकेट लिए भने रञ्जना साउदको नाममा दुई विकेट हात पर्यो ।
लुम्बिनीबाट पाएको ६३ रनको झिनो लक्ष्य गण्डकीले १२.४ बलमा पाँच विकेट गुमाउँदै पुरा ग¥यो । पहिलो खेलमा बागमतीलाई सात विकेटले हराउँदै दुई अंक जोडेको गण्डकीका लागि अंक तालिकामा दोहोरो अंक दिलाउने क्रममा ज्योत्सिनीका मरासिनी र दीपिका सापकोटाले समान १६÷१६ रन बनाएर लगातार दोस्रो जित दिलाए । लुम्बिनीका लागि आशना चौधरी र आयुषा भुषालले समान दुई–दुई र विमिता मगरले एक विकेट हात पारेका थिए ।




