
जुम्ला,जेठ ८ गते ।
जुम्लाको ऋणोमक्ष माध्यामिक विद्यालयका छात्राहरु देउता आयो भन्दै रुने, कराउन थालेपछि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक कृष्ण बुढाका अनुसार विद्यार्थीहरु कराउन रुन थालेपछि विद्यालयमा हैरान भई विद्यालय बिदा गरिएकाे जानकारी दिनुभयो । उहाँका अनुसार हिजो देखी छात्राहरु रुन, कराउने, देउताको सिको निकाल्ने गरेपछि हिजो दुईबजे विद्यालय बन्द गरेका थियौ भने आज विहान लाईनमा उस्तै भएपछि कराउन थालेका थिए । प्रधानानध्यापक बुढाका अनुसार विहानको लाईनमा एक पछि अर्को लाईनमा कराएर ढलेपछि हैरान भयो । शिक्षक र अन्य विद्यार्थीलाई थाम्नै कठिन भएको थियो ।
उहाँले गाउँपालिकाको शिक्षा शाखामा जानकारी गरेर आजका लागि विद्यालय बन्द गरेका छौ । आज त घर पठाईयो पछिका दिनमा के गर्ने होला चिन्ता बढेको अन्य शिक्षकले जानकारी दिएका छन् । त्यहाँ १८ जना छात्रा र १ जना छात्रमा शुक्रबार समस्या भएको विद्यालयले जानकारी गरेको छ । केही दिन अगाडि यता सिंजा गाउँपालिकाको शान्तिजन आधारभुत विद्यालका विद्यार्थी पनि रुने कराउने वहोस हुने गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो ।
प्रधानाध्यापक मानवबहादुर रोकायाका अनुसार एक दिन हैरान भयो अहिले बच्चाहरुलाई ठिक भईरहेको छ । उहाँका अनुसार ति वालवालिकालाई विद्यालय तथा घरमा समेत स्थानीय स्तरमा परामर्श गरिदै आएको जानकारी दिनुभयो । गर्मिको समयमा वालवालिकाहरु यसरी रुने कराउने कमजोर मन गरेर भएको विज्ञहरु बताउछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्र्यरत मनोपरामर्शदाता नन्दराज आचार्यले गर्मिको समयमा बालबालिकाहरुमा धेरै व्यक्ति भएको स्थानमा मास कन्भरजन डिसअडर हुने भएकाले यस्तो घटनाहरु भईरहेको र परामर्श तथा जनचेतना आवश्यक रहेको बताउनुभयो ।
क्याप्सन : जुम्लाको ऋणमोक्ष मावि डिल्लीचौरमा विद्यार्थी रुने कराउने गरेपछि हैरान :तस्बिर पुर्णराज बुढा ।





