OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७७ सुर्खेत
३९९ पटक

३० जेठ २०७७ शुक्रबार

रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजार भन्दा बढी नागरिकहरु स्वदेश फर्केका छन् ।

वैशाख महिनासम्म दुई हजार ४०० नागरिकहरु बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो संख्या १९औं गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौं मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिकहरु कर्णाली भित्रिएको आन्तरिक मामिला तथा कानून मन्त्रलाय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

“कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन्,” सूचना अधिकारी रोकायले भन्नुभयो, “त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिकहरु कर्णाली प्रवेश गरेका छन् ।” डोल्पा जिल्लामा भने भारतबाट आउनेको संंख्या शून्य रहेको उहाँले बताउनुभयो ।

भारतबाट ४१ हजार बढी नागरिक कर्णाली भित्रिएपनि अँझै आउन क्रम रोएिको छैन । जेठको १५ गतेदेखि २९ गतेसम्म २८ हजार २६४ नागरिक कर्णाली भित्रिएको रेडक्रस जिल्ला शाखा सुर्खेतका सभापति नरहरि रेग्मीले जानकारी दिनुभयो । “हामीले यो अवधिमा भारतबट आएका २५ हजार ४६० नागरिकलाई खानापानी र २८ हजार २६४ लाई सुर्खेतको छिन्चुमा पानी उपलब्ध गराएका छौं,” सभापति रेग्मीले भन्नुभयो, “यो सेवामा कोपिला भ्याली सेवा समाज, लायन्स क्लब, जेसिस सुर्खेत, युनिसेफ, विश्व खाद्य, संगठन र उद्योग वाणिज्य संघको पनि सहयोग रहेको छ ।”

यसमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्यान्न उपब्लध गराएको छ । प्रदेश सरकारले छिन्चुमा खानाका प्रबन्ध गरेपछि पछिल्लो समयमा भारतबाट कर्णाली फर्किने नागरिकहरुले खानापानी राम्रोसँग पाईएको भारतबाट स्वदेश फर्केका कालीकोटका दुर्ग बोगटीले बताउनुभयो । सरकारले खानापानीका साथै उद्धार पनि राम्रैसँग गरेको तिला गाउँपालिका ४ जुम्लाका सुरेश सुनारले जनाउनुभयो ।

भारतबाट आएका ४१ हजार नागरिकहरुमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुषगरी करिब ३० हजारको हाराहारीमा नागरिकहरु क्वारेन्टिनमा रहेका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार ७०७ पुरुष र ५६ महिला गरी ७६३ कोरोना संक्रमित मध्य ७३१ आइसोलेसनमा रहेका छन् । ६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।

एक साता अघि दैनिक चार हजारको संख्यामा आउने नागरिक अहिले दैनिक एक हजार हजारमा झरेको यद्यपि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५–२० हजार नागरिक भित्रिने गरेको अनुमान भन्दा शतप्रतिशत बढेर आएपछि सरकारलाई व्यवस्थापनमा समस्या भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारी (जोशी)ले जानकारी दिनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भारतबाट आउनेको संख्या दैलेखमा बढी भएको र कोरोना संक्रमण पनि तीव्ररुपले देखिन थालेपछि सरकार दैलेखको समस्या समाधानका लागि लागि परेको बताउनुभयो । यता सामाजिक विकासमन्त्री दल रावलले भारतबाट भित्रिने नागरिकहरुलाई केन्द्रमा राखेर दैनिक एक हजारको पिसिआर परीक्षण गर्ने तयारी भईरहेको बताउँदै कोरोना महामारीबाट प्रभावित जिल्ला दैलेखमा सरकार केन्द्रित रहेको जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्