OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ २९, २०७७जुम्ला,
१६०० पटक

२९ जेठ २०७७ जुम्ला । लकडाउनमा बालवालिकाहरु घरमै बसेर कस्तो अवस्थामा छन् । उनिहरुको शैक्षिक, सृजनात्मक ज्ञान देखी विभिन्न अवस्था कस्तो छ ? के हामीले ध्यान दिईरहेका छौ ?
जुम्लामा सरोकारवाला निकायहरुले भर्चुअल विधी मार्फत अव लकडाउनको बीचमा भएको अनुभवले वालवालिकाको दिर्घकालिन अवस्थाको बारेमा सोचनीय बनाएको बताएका छन् । उनिहरुले योजना बनाएर अगाडि बढ्ने समेत साझा प्रतिवद्धता जनाएका हुन् ।
कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक) नेपालद्धरा आयोजित जुम्लाका स्थानीय तह र सरोकारवाला सँगको अर्चुअल विधी मार्फतको “बाल संरक्षण कचहरी” वैठकमा जिल्लामा लकडाउनको अवधिमा वालवालिकाहरुको अवस्थाको वारेमा बृहत वहस सहित सूझाव संकलन गरिएको हो ।
कोभिड १९ (कोरोना भाईरस) का बिचमा वालवालिकाहरुलाई शिक्षा सहित विभिन्न अधिकार र उनिहरुको भविश्यका लागि योजना बनाएर अगाडि बढ्नेमा सवैको जोड रहेको छ ।
बाल कचहरीमा धेरैजसो सरोकारवाला निकायहरुले अहिले वालवालिकाको अवस्थाको ध्यान नगएको भन्दै नयाँ योजना र कामको थालनी गर्नेमा जोड दिएका छन् ।
जिल्लाको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले लकडाउनले बालबालिकाहरुलाई कस्तो निति र बजेट ल्याउदा ठिक होला भन्ने बिषयमा सोचनिय बनाएकाले आगामी स्थानीय सरकारको बजेटमा सो बिषयलाई बढि जोड दिन आवश्यक रहेकोमा जोड दिनुभयो । चन्दननाथ नगरपालिकाका उममेयर अप्सरा देवी न्यौपानेले अव के गर्दा राम्रो हुन्छ सोही अनुसार अगाडि बढ्न आवश्यक रहको सूझाब दिनुभयो । हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले हिमा गाउँपालिकाले बालसंरक्षण निति बनाएको जानकारी दिनुभयो । उहाँले सो निति कार्यान्वयन गर्न आगामी दिनमा बजेट कार्यान्वयन गर्न आवश्यक रहेको जानकारी दिनुभयो । पूर्व बालकल्याण समितिका अध्यक्ष तथा नेकपाका नेता पूर्ण प्रसाद धितालले लकडाउने गाउँका बालबालिकाहरु कृषिमा व्यस्त भएपनि शहरका बालबालिकाहरु मोवाईल, टिभीले बिगारेकोमा चिन्ता गर्नुभयो । उहाँले सोही अनुसारको सरकारले आगामी दिनमा योजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

बालकचहरी वैठकमा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्द्धले लकडाउनमा घरेलु हिंसाका घटना कम भएको र वालवालिका हराएका घटनाहरु बढि दर्ता भएका जानकारी दिनुभयो । उहाँले यसबेला वालवालिकाका केही आत्म हत्याका घटना भईरहेकाले अभिभावकलाई आफ्ना बालबालिका के गरिरहेका हेक्का राख्न अनुरोध गर्नुभयो ।
कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र ( किडार्क ) नेपालका केन्द्रीय निर्देशक गोविन्द बहादुर शाहीले अहिलेको अवस्थामा वालवालिका र महिला जोखिममा रहेका र सहजीकरण गर्न प्रयास गरिएकोले सरोकारवाला निकायहरुलाई जोड दिन अनुरोध गर्नुभयो । उहाँले किर्डाक नेपालले वल्र्डभिजन ईन्टरनेश्नलको सहयोगमा कर्णालीका ५ जिल्ला र कपिलबस्तुमा बालवालिकाको बिषयमा काम गरिरहेको जानकारी दिनुभयो । भर्चुअल वैठकको सहजीकरण शाही आफैले गर्नुभएको थियो । यसैगरी पत्रकारहरुले सम्पूर्ण संचार माध्याम मार्फत शिक्षा प्रणाली र वालवालिकाको सिकाईमा जोड दिने निति बनाउन स्थानीय तहलाई सूझाव दिएका छन् ।

बालकचहरीमा किर्डाक जुम्लाका परियोजना संयोजक दिपराज रावतले वालवालिकाको सवाल, नेपालमा भईरहेका प्रगति, चुनौति स्थानीय तहका निति, जुम्ला जिल्लाका सवालका बिषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । यसैगरी जिल्ला स्तरमा आगामी बर्षमा बजेट योजना बनाउने, बस्ति स्तरमा मनोविमर्श कार्यक्रमहरु गर्ने, बालसंरक्षण बिषयको तथ्यांक संकलन गरेर सोही अनुसार तथ्यांक संकलन गर्ने, पािलका स्तरमा वालकोष संचालन सहित सञ्चार माध्याम मार्फत सचेतना मुलक कार्यक्रम गर्ने निश्कर्ष निकालिएको छ ।
अहिले कोभिड १९ ( कोरोना भाईरस) का कारण शिक्षण संस्था समेत ठप्प छन् । धेरै जसो विद्यालय अहिले क्वारेन्टाईन बनाईएका छन् । सरकारले एसईइ परीक्षा समेत मूल्यांकनको आधारमा गर्ने निश्कर्ष पुगिसकेको अवस्थामा आगामी बालवालिकाको भविश्यको योजनामा जोड दिन आवश्यक रहेको छ ।

प्रतिकृया दिनुहोस्