OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७७सुर्खेत
८०५ पटक

२९ जेठ २०७७ बिहीबार

कर्णालीमा आज आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ५५ थपिए भएसँगै संक्रमित हुनेको संख्या कर्णाली प्रदेशमा ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौं बुढानीलकण्ठ २ निवासी हाल चिङ्गाड गाउँपालिका ५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा.लक्ष्मीनारयाण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार दैलेख डुंगेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, बडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ्, तुर्सुका नौ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्