OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २८, २०७७ सुर्खेत
४८१ पटक

२८ जेठ २०७७, बुधबार

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको दशौं बैठकबाट ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५’ पारित भएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी विमला केसीलाई सामाजिक विकास समितिको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्ताव गर्न समय दिनुभएको थियो । सभामुख शाहीको निर्देशनानुसार मन्त्री केसीले उक्त विधेयक पारितका लागि सभामा गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यसैगरी, प्रदेश विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष पदमबहादुर रोकायले ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयकको निर्णय र प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको एघारौं बैठक यही जेठ ३० गते दिउसो ३ः०० बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्