OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०८३
५६ पटक

शेरबहादुर केसी

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.बिष्णुकुमार खड्काको कविता संग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन गरिएको छ ।

विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’का अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कृतिको विमोचन गरिएको हो । नेपाल सरकारका निवर्तमान वन तथा वातावरणमन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सयुक्तरुपमा बिमोचन गर्नुभएको हो ।

बिमोचन कार्यक्रममा बोल्दै लेखक तथा निवर्तमान मन्त्री चौलागाईले उक्त कृतिले समकालीन समाज, राष्ट्रनिर्माण र युवापुस्ताको चेतनालाई अभिव्यक्त गरेको बताउनुभयो । उपकुलपति प्राडा. गौतमले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै खड्काको कृतिले सकारात्मक सोच, राष्ट्रिय भावनाको विकास तथा सिर्जनशीलताको प्रवद्र्धनमा टेवा पु¥याउने जनाउनुभयो ।

कवि डा.खड्काले आफ्नो कृतिबारे प्रकाश पार्दै देशप्रतिको जिम्मेवारीबोध र सिर्जनात्मक अभिव्यक्तिलाई केन्द्रमा राखेर कविता संग्रह तयार पारिएको बताउनुभयो । उहाँले साहित्यमार्फत् समाजमा सकारात्मक ऊर्जा प्रवाहका निम्ति आफ्नो प्रयास निरन्तर रहिरहने धारणा व्यक्त गर्नुभयो ।

बिमोचन कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा.पन्ना थापा, रजिष्ट्रार प्राडा.शोभाखर कँडेल, भाषा, साहित्य र कला, संस्कृतिका विद्वानद्वय प्राडा. जीवेन्द्रदेव गिरी, प्राडा.रामप्रसाद भट्टराईलगायत प्राज्ञ, लेखक तथा अध्येताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्