

जुम्ला/वैशाख १२ गते । जुम्ला बहुमुखी क्याम्पस प्रथम स्ववियु भलिवल कप पातारासी गाउँपालिकाले बिजयी हात पारेको छ । शनिवार सम्पन्न भएको फाईनल खेलमा हाम्रो पातारासी गाउँपालिका टिमले जीत हात पारेको हो । फाईनल भलिवल खेलको जम्मा ५ वटा खेलमा ३ सेट पातारासी गाउँपालिकाले जितेको छ भने २ सेट तातोपानी गाउँपालिकाले जितेको थियो ।
अन्तिम सेट पातारासीले जीत हात पारेपछि बिजयी भएकोछ । गत चैत ९ गते देखी शुरु भएको उक्त प्रतियोगितामा जम्मा ९ वटा टिम सहभागी भएका आयोजकले जनाएको छ । स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार करकट््टी सहित एक लाख एक हजार एक सय एक रुपियाँ रहेको छ । यसैगरी द्धृतीय तातोपानी गाउँपालिका हुन सफल भएको छ । द्धृतीय पुरस्कार करकट्टी सहित रु ५१ हजार रहेको छ ।
बिजेता हासिल गर्ने टिमलाई जिल्ला समन्वय समितिका प्र्रमुख गौरीनन्द आचार्य, पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया, निमित्त क्याम्पस प्रमुख पदमबहादुर शाहीले पुरस्कार चेक हस्तान्तरण तथा खेलाडिलाई मेडल वितरण गरेका छन् । फाईनल खेलको रेफ्रीको भुमिका पुर्व राष्ट्रिय खेलाडी हरिलाल महतले गर्नु भएको थियो ।








