

नेत्र शाही /जुम्ला,
वैशाख ११ गते । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेश अव उज्यालोतिर जान थालेको बताउनु भएको छ । जुम्लाको हिमा गाउँपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले कर्णाली हिजो विपन्नताको प्रायमा परिभाषित हुने गरेको तर अव ति दिन हट्दै गएको बताउनुभयो । उहाँले कर्णाली प्रदेश भाषा, सभ्यताको धनि मात्रै नभई उत्खनन गर्ने हो भने यहाँका भुमिमा सुनचादी, पौराणिक बस्तुले भरिएको पनि दावी गर्नुभयो । हिजो हिडेर नेपालगन्ज पुग्न कठिन कर्णाली आज कच्चि बाटो भएपनि बाटो खुलेको र यो बाटोलाई राम्रो बनाउन सरकारको प्रथामिकता हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले खेल क्षेत्र निकै महत्वपुर्ण भएकाले विद्यालय स्तरबाटै बालबालिकाको खेल क्षेत्रमा प्रतिभा पहिचान तथा खेलको विकास गर्न जागरुक जनाउद्रै आएकोमा स्थानीय तहलाई धन्यवाद दिनुभयो । यहाँको हिमा गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता प्रदेश प्रमुख यज्ञरााज जोशीले उद्घाटन गर्नुभएको हो । हिमा गाउँपालिकाको नेत्रज्योति मावि ओदीमा बिहीबार सुरु गरिएको प्रतियोगिताको उद्घाटन गर्दै उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीलाई प्रोत्साहन दिनुभयो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खेल क्षेत्रलाई प्रथामिकता दिनका राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता हुदै आईरहेको बताउदै विभिन्न विद्याका प्रतिभावान् खेलाडी उत्पादन गर्ने धारणा राख्नु भयो । उहाँले हिमा गाउँपालिकाको दुर्गम गाउँमा पुग्नु भएकोमा प्रदेश प्रमुख जोशीलाई धन्यवाद दिनुभयो ।
हिमा गाउँपालिका खेल संयोजक धिरेन्द्रबहादुर रोकायाले १६ औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयले भाग लिएका जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न विधाका खेलहरु हुनेछन् । तीन दिनसम्म चल्ने यो प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको संयोेजक रोकायाले जानकारी दिनुभयो ।








