OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मनिराज पाण्डेजेठ २८, २०७७ कालीकोट
४३१ पटक

जेठ २८, २०७७| मनिराज पाण्डे

कालीकोट – रास्कोट नगरपालिकाको टिप्पर लालीघाट बजार नजिकै दुर्घना भएको छ । लालीघाटबाट मान्छे लिएर क्वरेण्टीनतर्फ गइरहेकाे टिप्पर कर्णाली नदीमा खसेकाे हाे । टिप्परमा ४० जनाकाे हाराहारीमा यात्रु रहेकाे बताइएकाे छ ।

२ जनाको मृत्यू भएको , २२ जना हाम फालेर बचेका, ४ जना घाईते रहेका प्रहरीले जनाएको छ । उद्धारकाे लागि नेपाल प्रहरी, नेपाल आर्मी घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले बताउनुभयो ।
उद्धारका लागि हेलिकप्टर आउदै
यसैगरी घाइतेको उद्धारका लागि हेलिकोप्टर आउने तयारी भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । उता गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार एम आई १७ हेलिकोप्टर कालिकोट तर्फ पठाउने तयारी भईरहेको जानकारी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्