OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २८, २०७७ सुर्खेत
५०१ पटक

२८ जेठ २०७७, बुधबार

नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित टिप्पर दुर्घटना हुँदा दुई जनाका घटनास्थलमै मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।

भारतबाट आएका ३९ जना यात्रु बोकेको ना.८.ख ५१३३ नम्बरको टिप्पर आज बिहान लालीघाट गेज बजारस्थित दुर्घटना भएको थियो । ३९ जनालाई रास्कोट नगरपालिकाको क्वारेन्टाइनमा लैजाँदै गर्दा बस दुर्घटना भएर कर्णाली नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा चारजना घाईते भएको र उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भईरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । २७ जना सकुशल रहेको र घाईते चारमा दुईको अवस्था गम्भीर रहेको जनाउँदै उहाँले कर्णाली नदीमा बेपत्ता भएकाहरुलाई प्रहरीले खोजी कार्य शुरु गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार चालक सम्पर्कमा नरहेकाले घटना कसरी भएको भन्ने एकिन नभएको बताउनुभयो । टिप्परमा सवार सबै रास्कोट नगरपालिकाका बासिन्दा रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्