OnlinePana

आज : २०८२ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २७, २०७७
४३४ पटक

२७ जेठ २०७७, मंगलबार

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन सुरु गरेयता नेपालभर १ हजार २२७ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय तथ्यांकअनुसार आत्महत्या गर्नेमध्ये १४९ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन्।

आत्महत्या गर्नेमध्ये ६२८ पुरुष र ४५० जना महिला छन् । ५५ बालक र ९४ बालिका छन्। यो चैत ११ देखि जेठ २४ गतेसम्मको तथ्यांक हो। तथ्यांकअनुसार झुन्डिएर एक हजार ३३ र विष खाएर १६८ जनाले आत्महत्या गरेका छन्।

प्रदेश १ मा २११, प्रदेश २ मा १६३, प्रदेश ३ मा १९६, प्रदेश(४ मा १३५, प्रदेश(५ मा २५३, प्रदेश(६ मा ६८, प्रदेश(७ मा १२५ र काठमाडौं उपत्यकामा ७६ जनाले आत्महत्या गरेका छन्।

सबैभन्दा बढी आत्महत्या भएको प्रदेश(५ मा १३३ पुरुष, ९२ महिला, ८ जना बालक र २० जना बालिकाले आत्महत्या गरेका छन्। बागमती प्रदेशमा १०१ पुरुष, ८१ महिला, ४ बालक र १० जना बालिकाले आत्महत्या गरेका छन्। गत वर्षमा करिब ५५ सयले आत्महत्या गरेका थिए।

प्रतिकृया दिनुहोस्