OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७७सुर्खेत
४८९ पटक

२७ जेठ २०७७, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीयलाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना ल्याउने बताउनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत खोर्के खोलादेखि वीरेन्द्रनगर–१४ जोड्ने निर्माणाधिन पदमार्गको अनुगमन तथा अवलोकन गर्न निर्माणस्थल पुग्नुभएका मुख्यमन्त्री शाहीले सबै बन्दाबन्दीले रोजगारी गुमाएका सबैलाई त्यसमा जोड्ने योजना बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण बाह्य मुलुकबाट हजारौं युवा भित्रिएका छन् । उनीहरुसहित स्थानीय सबैलाई रोजजागरी दिने योजना सञ्चालन गर्न लागेका छौं ।”

महामारीले ल्याएको अस्तव्यस्ताका कारण प्रदेश सरकारले ठूला योजना सञ्चालन नगर्ने जनाउँदै मुख्यमन्त्री शाहीले वडा तहसम्म उत्पादनका काम शुरु गरेर रोजगारी सृजना गर्न थालिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामी साना योजनाहरु पूरा गर्दै जाने र ठूला योजनाहरु आगामी वर्षमा सञ्चालन गर्ने अवस्थामा छैनौं ।” निर्माणाधिन पदमार्ग सम्पन्न गर्न आवश्यक बजेट थप गर्ने सकिने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा विनियोजित रु.६८ लाख र स्थानीयको श्रमदान रु.१७ लाख गरी रु.८५ लाख लागतमा पहिलो चरणमा करिब एक किलोमिटर लामो सिंढीको पदमार्ग बनाउने लागिएको छ । डिभिजन वन कार्यालय सुर्खेतमार्फत निर्माण भइरहेको पदमार्गको प्राविधिक काम वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ ।

सुर्खेतको पुरानो सदरमुकाम गढी जोड्ने छोटो बाटोलाई पैदलमार्ग बनाउन जेठ पहिलो सातादेखि काम शुरु गरिएको निर्माण पदमार्ग निर्माण समितिका सचिव अमरबहादुर कार्कीले बताउनुभयो । बन्दाबन्दीको बीचमा काम सञ्चालन हुँदा आफूलाई बिहान बेलुका छाक टार्न सजिलो भएको त्यहाँ कार्यरत स्थानीय महिला नमूना जोशीले बताउनुभयो । उहाँले आगामी दिनमा पनि प्रदेश सरकारले सबैलाई यसरी काम दिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले आजै वीरेन्द्रनगर–५ चिसापानीमा निर्माणाधीन सिर्जनशील रंगशालाको पनि अवलोकन गर्नुभयो । अवलोकनमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेशसभा सदस्य यमलाल कंडेल, कर्णाली प्रदेश योजना आयोगका सदस्य द्वय डा.दीपेन्द्र रोकाय र योगेन्द्र शाहीसहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्