OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २६, २०७७
१०५३ पटक

२५ जेठ २०७७, सोमबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ६५७ जनामा पुष्टि भएको छ ।

दुई साताको अन्तरालमा ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । आईतबार ५४ थपिएर ६४१ जनामा कोरोना पुष्टि भएको थियो । कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटी पिसिआर परीक्षणको रिपोर्ट अनुसार आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाख प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएकाहरुमा १० दैलेख, पाँच सल्यान र एक जना सुर्खेतका व्यक्ति रहेको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । १६ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको कुल संख्या ६५७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश तथा स्थानीय सरकारलाई त्यसको रोकथाम तथा नियन्त्रणमा भने निकै चुनौति थपिएको छ ।

प्रतिकृया दिनुहोस्