OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २६, २०७७सुर्खेत
७०५ पटक

२६ जेठ २०७७, सोमबार

शिक्षा विकास तथा समन्वय एकाई जुम्लाले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्ने कार्य अघि बढाएको छ ।

‘कोभिड–१९’को महामारीबाट उत्पन्न विषम परिस्थितिबाट लम्बिएको बन्दाबन्दीले महिनौ दिनसम्म ठप्प रहेको बालबालिकाको पठनपाठन कार्यलाई निरन्तरता दिन समन्वय एकाई जुम्लाले सिकाई सहजीकरणको कार्यलाई अघि बढाएको हो । यसमा विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालयले जारीको गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका–२०७७’ माथि छलफलगरी त्यसको कार्यान्वयनार्थ आवश्यक सूचना तथा तथ्याङ्क संकलन गर्न शुरु गरिएको समन्वय एकाई जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीले जानकारी दिनुभयो ।

“यसका लागि जुम्लाका आठै स्थानीय तहका शिक्षा समुहले सम्बन्धित विद्यालयका प्रधनाध्यापकमार्फत संकलन गर्नेछन्,” एकाई प्रमुख भण्डारीले भन्नुभयो, “ती समुहले स्थानीय तहमा रहेका पुस्तक पसलसँग विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन सक्ने संभावनाबारे छलफल गरी जिल्लास्तरीय शिक्षा समुहलाई सूचना उपलब्ध गराउनेछन् ।” विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको आवश्यक सूचना संलकन गरी शिक्षा योजनाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पालिकास्तरीय शिक्षा समुह गठन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

‘कोभिड–१९’को महामारीको प्रतिकार्य गर्न र बन्दाबन्दीले रोकिएको शिक्षण क्रियाकलापका सूचारुका निम्ति तयारी गर्न एकाई प्रमुख भण्डारीको संयोजकत्वमा २५ सदस्यीय जिल्ला शिक्षा समुह गठन गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलबिर सुनारले जानकारी दिनुभयो । समुहको सदस्य सचिवसमेत रहनुभएका प्रमुख सुनारले उक्त समुहमा जुम्लाका आठवटै तहका शिक्षा शाखा प्रमुख, साझेदार निकाय र सञ्चार क्षेत्रको प्रतिनिधित्व रहेको बताउनुभयो । त्यस्तै, एकाई प्रमुख भण्डारी नेतृत्वमा १० सदस्यीय कोरोना प्रतिकार्य तथा तयारी योजना निर्माण कार्यदल गठन गरिएको छ ।

त्यसैगरी, गठित समुहले शिक्षा तथा मानव संसाधन, स्रोत विकास केन्द्र र स्थानीय शिक्षा समुहद्वारा तयार गरिएको पूर्व प्राथमिकदेखि कक्षा ३ सम्मको स्व.अध्ययन सामग्री छपाई तथा वितरणका कार्यको लागि जिल्लास्तरीय संघ÷संस्था तथा स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सो कार्यका लागि जिल्लामा कार्यरत सबै साझेदारी संघ÷संस्थाहरुलाई आवश्यक सहयोग र सहकार्यका निम्ति अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मक्करबहादुर भण्डारीको संयोजकत्वमा जेठ २६ गते सोमबार बसेको बैठकले गरेका निर्णयहरु:

प्रतिकृया दिनुहोस्