OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही जेठ २५, २०७७सुर्खेत,
४७२ पटक

२५ जेठ २०७७, आईतबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ६४१ पुगेको छ ।

आज थप ५४ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ति कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटी पिसिआर परीक्षणबाट ५१ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाख प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा.तिवारीका अनुसार कालीकोटमा तीन, सुर्खेतमा २० र सल्यानमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ५४ जना थपिएसँगै कर्णालीमा कोरोनाबाट संक्रमिति हुनेको संख्या ६४१ पुगेको उहाँले बताउनुभयो ।

सुर्खेत र प्रतिष्ठान जुम्लामा आरटी पिसिआर परीक्षणबाट आज दैलेख भैरवी गाउँपालिकामा दुई र चामुण्डा बिन्द्रसैनी नगरपालिकाका एक, सल्यान वनगाड कुपिण्डे नगरपालिकाका २३, बेलखोलाका तीन र कुमाख गाउँपालिकाका दुई जनामा पुष्टि भएको महाशाखाका प्रमुख डा.तिवारीले बताउनुभयो । त्यसैगरी, कालीकोट खाँडाचक्र नगरपालिकामा दुई र महाबै गाउँपालिकाका एकमा कोरोना पुष्टि भएको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका दुई, भेरीगंगा नगरपालिकाका चार, भेरीगंगा नगरपालिका दुई, पञ्चपुरी नगरपालिकाका छ, लेकबेसी नगरपालिकाका छ, बराहताल गाउँपालिकाका दुई र चौकुने गाउँपालिका दुई जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रमितहरुमा ५२ पुरुष तथा सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक÷एक जना महिला रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्