OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही जेठ २४, २०७७सुर्खेत
७५३ पटक

२४ जेठ २०७७, शनिबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ५८७ पुगेको छ । शुक्रबार एकसय थपिएपछि कोरोना संक्रमितको संख्या ४८९ पुगेको थियो ।

आज थप ९८ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ति कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटी पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाख प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

सुर्खेत र प्रतिष्ठान जुम्लामा आरटी पिसिआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका ३, दैलेख महावु गाउँपालिकाको वडा नं.१ मा २९ जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा.तिवारीले बताउनुभयो । त्यसैगरी, डोल्पा जगदुल्ला गाउँपालिकामा एक, जाजरकोट बारेकोट गाउपाँलिकास्थित ईलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको एक, भेरीगंगा नगरपालिकाका चार, गुर्भाकोट नगरपालिकाका एक र पञ्चपुरी नगरपालिकाका तीन जनागरी नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, वनगाड कुपिण्डे नगरपालिका सल्यानको १–७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाको आज सार्वजनिक तथ्याङ्क अनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका दुई, जाजरकोट बारेकोट गाउँपालिकाका एक र दैलेख महाबु गाउँपालिकाका चारगरी कुल सात महिलामा समेत कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्