OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७७जुम्ला,
६१३ पटक

२३ जेठ २०७७ शुक्रबार

जुम्लामा लकडाउनको ढाँचा परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २४ गते रातिबाट लागु हुेनेगरी जेठ ३१ गतेसम्म लकडाउन कायम गरेको छ ।

बिहान ७ बजेदेखि ९ बजेसम्म अत्यावश्क काम बाहेक बाहिर ननिस्कने आदेश जिल्ला प्रशासन कार्यालयले गरेको हो । जिल्ला प्रशासनद्वारा जारी आदेशमा २०७७ जेठ २४ गते रातिबाट २०७७
जेठ ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ । यस अघि ३ दिन २४ सै घण्टा निषेधाज्ञा जारी गरिएको जुम्लामा विहान ३ घण्टा भने अत्यावश्यक कामका लागि खुला गरिएको हो ।

जुम्लामा २०७६ चैत १० गतेबाट जारी भएको बन्दाबन्दीमा बिहान ७ देखि ९ र बेलुकी ४ देखि ६ बजेसम्म अत्यावश्यक पसलहरु खोल्ने र खरिद गर्ने समय निर्धारणको निर्णय परिवर्तन गरी अब बिहान एक पटक मात्रै कायम गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । यता चन्दननाथ नगरपालिकाको वडा नम्बर २ र ३ लाई कोरोना संक्रमणको जोखिम हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सिल गरेको छ ।

यस्तो छ, पछिल्लो गरी बन्दाबन्दीको ढाँचा विस्तृतमा हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्