OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७७सुर्खेत
६२५ पटक

२३ जेठ २०७७ शुक्रबार

कर्णाली प्रदेशका सातजना कोरोना संक्रमित उपचारपश्चात् आज घर फर्केका छन् ।

कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराईरहेका उनीहरु कोरोनामाथिको विजय लिएर आज घर फर्केका हुन् । पुनः परीक्षणपश्चात् कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काईएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा.के.एन पौडेलले जानकारी दिनुभयो ।कोरोना रोग निको भएर घर फर्कनेहरुमा दैलेखका एक र छ जना सुर्खेतको रहेको सम्पर्क व्यक्ति डा.पौडेलले बताउनुभयो ।

कोरोनामाथि विजय प्राप्त गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं. ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं. ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं.४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । एकजना महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ ।

कर्णालीमा शुक्रबारसम्म ४८९ जनामा कोरोना संक्रमण देखिए भने कोरोनाले भने कोरोना भाइरस रोगका कारण यहाँका दुई व्यक्तिको मृत्यु भइसकेको छ । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवा थिए । उनको यही जेठ १७ गते शनिबारका दिन क्वारेन्टिनमै मृत्यु भएको थियो । त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपािलका १ हाँसे सुर्खेतका २० वर्षीय युवाको जेठ २२ गते बिहीबारका दिन कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि बिहीबार बिहान २ बजे घरमै मृत्यु भएको थियो ।

कोरोनामाथि विजय गरेर घर फर्किनेरूलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आज बधाई दिनुभएको छ । उनीहरुलाई मन्त्री रावल, प्रदेश अस्पतालका निर्देशक डा.डम्मर खडका, स्वास्थ्य निर्देशक रिता भण्डारी, अन्य स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीसहितको सहभागितामा औपचारिक विदाइ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्