OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ २३, २०७७जुम्ला,
९६३ पटक

२३ जेठ २०७७, शुक्रबार

जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका दुईवटा वडामा सिल गरेको छ । जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा रहेको एकीकृत क्वारेन्टिनमा सक्रमण देखिएका कारण जोखिमलाई मध्यनजर गर्दै दुईवटा वडा सिल गरिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथ नगरपालिकाका वडा नं २ र ३ का केही क्षेत्र सिल गरिएको जानकारी गर्नुभयो ।

प्रजिअ थापाद्धारा हस्ताक्षरित संवेदनशिल क्षेत्र सिल गरिएको अत्यन्त जरुरी सूचनामा चन्दननाथ नगरपालिकाको वडा नं २ र ३ को पूर्व देवलडाँडा, पश्चिम जुगाँडखोला, उत्तर सिनामुल र दक्षिण जुम्ला बहुमुखी क्याम्पससम्म २०७७ जेठ २३ देखि २५ गते राति १२ बजेसम्म सिल गरिएको सूचना गरिएको छ । ति क्षेत्रमा संक्रमक रोग २०२० को (२) २ तथा स्थानीय प्रशासन ऐन २०२८ दफा (६) ३ बमोजिम सिल गरिएको जानकारी गरिएको छ । उक्त स्थानमा तोकिएको समयमा आवत जावत गर्न सकिने छैन् ।

जुम्लामा पछिल्लो समय कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन सिल गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । अहिलेसम्म क्वारेन्टिनमा रहेका २२ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्थानीय प्रशासनले जेठ २३ गते राति १२ बजे सम्म जुम्लामा निषेधाज्ञा समेत जारी गरेको छ । आजै वडा नम्बर ३ का तीन जनामा नतिजा पोजेटिभ देखिएको छ ।

जुम्ला प्रशासनले गरेको दुई वडा सिलको सूचना तस्बिर जिल्ला प्रशासन

प्रतिकृया दिनुहोस्