OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २३, २०७७
१३८५ पटक

२३ जेठ २०७७, शुक्रबार

कोरोना संक्रमण अनपेक्षित ढंगले फैलन थालेपछि दैलेख जिल्लाको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६स्०० बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिन नदिन दुवै नगरपालिकामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर घरबाट बाहिर निस्केमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी कट्टेलले बताउनुभयो ।

भारतबाट फर्किनेहरुको संख्या ह्वात्तै बढेकोले कर्णालीको सबैभन्दा बढी नारायण नगरपालिका र त्यसपछि दुल्लु नगरपालिकामा संक्रमितहरुको संख्या बढेको छ । नारायण नगरपालिका देलेखमा बिहीबार मात्र १०८ जनामा संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस्