OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७७जुम्ला,
५९२ पटक

जुम्ला जेठ २३ गते ।
जुम्लाको तलिउममा क्वारेन्टाईनमा बसेर मृत्यू भएका ६५ बर्षिय ज्येष्ठ नागरिकको रिपोर्ट नेगेटिभ आएको छ ।
चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाईनमो मृत्यू भएका व्यक्तिको स्वाब संकलन गरि पिसिअार परीक्षण गरिएको र प्रतिवेदन नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
बर्दियाबाट आएर जेठ २१ गते वडाले तयार गरेको क्वारेन्टाईनमा बसेका उहाँको मृत्यू भएपछि कोरोना हो कि भन्ने त्रास फैलिएको थियो ।
घटना स्थलमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल सहितको टोली पुगेर फिर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस्