OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ २३, २०७७जुम्ला,
३०९९ पटक

२३ जेठ २०७७, शुक्रबार

जुम्लामा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले कोरपाटीलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार २१ गते बाहिरबाट आएका उनलाई धुपी ढुस्का माविका क्वारेन्टिनमा राखिएको थियो । मृतकको स्वाब लिनका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ जान थालेको उहाँले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मृतक चन्दननाथ नगरपालिका वडा नं ८ का हुन भन्ने सुन्न आएको बताउनुभयो । तत्काल घटनास्थल जाँदै गरेको बताउँदै प्रजिअ थापाले मृतक दमको रोगी भएको र केही समय बर्दियामा बसेपश्चात् दुई दिन अघि जुम्ला पुगेपछि उक्त क्वारेन्टिनमा रहेको भन्ने खबर आएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्