OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णालीमा कोरोना संक्रमितको संख्या ३८९ पुग्यो

एकैदिन दैलेखमा ११३ जनामा कोरोना संक्रमण पुष्टि

कोरपाटी संवाददाताजेठ २२, २०७७ सुर्खेत
३६३ पटक

२२ जेठ २०७७ बिहीबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३८९ पुगेको छ । आज दैलेखमा एकैदिन ११३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । जसमा ७२ जना नारायण नगरपालिकाका मात्र छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पिसिआर परीक्षणबाट दैलेखका १०५ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजि विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । यसमा दैलेख नारायण नगरपालिका ६४ पुरुष र ५ महिला गरी ६९ जना रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका साता, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन् । त्यसैगरी, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआरमा नारायण नगरपालिका दैलेखका तीन र नौमुले गाउँपालिकाका पाँच जनामा कोरोना पोजेटिभ पुष्टि भएको डा.तिवारीले जनाउनुभयो ।

बुधबारसम्म कर्णालीको संक्रमित संख्या २७५ थियो । आज संक्रमित हुने ११३ दैलेख र एक जना मुगुको व्यक्तिसँगै कर्णालीका कोरोना संक्रमित व्यक्तिको संख्या ३८९ सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कोरोना भाइरसको संक्रमण अनपेक्षित रुपमा दैलेखमा फैलिएपछि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।

प्रतिकृया दिनुहोस्