OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ २१, २०७७जुम्ला,
४८८ पटक

खलङ्गा जेठ २१ गते । जिल्ला स्तरीय सुरक्षा समितिले राजमार्ग क्षेत्रका क्वारेन्र्टाइनको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, शशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, नेपाली सेना सहित सवै सुरक्षा निकायहरुको टोलीले क्वारेन्टाईनको अनुगमन गरेको छ । जिल्लाको तिला गाउँपालिकाको सरस्वति माध्यामिक विद्यालय कुडारी, सिता मा.वि रारालिही, ताताेपानी गाउँपालिकाको दुर्गा मा.वि लाम्रा सहितका विद्यालयहरुमा अनुगमन भई सुरक्षाको अवस्था र व्यवस्थापनको बिषयमा जानकारी लिईएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनु भएको छ ।
यसैगरी सिता मा.वि रारालिहीमा सुरक्षाका लागि शशस्त्र प्रहरीको टोली पठाईएको शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो । टोलीले तिला र तातोपानीमा क्वारेन्टीन राम्रो भएको बताएको छ ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भारतबाट आएका एकिकृत क्वारेन्टाईनमा सकिदो राम्रो गर्नेगरी व्यवस्थापन गरिएको छ । यसका साथै स्वदेशबाट आएका व्यक्तिहरुलाई वडामा राख्ने गरिएको जानकारी दिनुभयो । यता उपाध्यक्ष बिष्णु बुढाले स्थानीय तहमा अनुगमन गर्न आएको सुरक्षाका प्रमुखहरुको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसैगरी जिल्लाका अन्य क्वारेन्टाईन क्षेत्र समेत निरीक्षण गरिने भएको छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारी थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ आएपछि आकश्मिक भेटघाट गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला बाहिरबाट आएकाले सेल्फ क्वारेन्टाईनमा बसेको र आफु सँग टच भएका १० जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।
क्वारेन्टाईनमा ७०१ जना ः
अहिले भारत र तेस्रो मुलुकबाट जिल्लाका विभिन्न एकिकृत क्वारेन्टाईनमा ७०१ जना रहेका छन् । कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनमा १७१ जना, दुर्गा मा.वि लाम्रामा ६३ जना, सरस्वति मा.वि कुडारीमा १३१ जना, सिता मा.वि रारालिहीमा ११९ जना, राहादेव मा.वि मोफ्लामा ७४ जना, नेत्र ज्योतिम मा.वि हाँकुमा ७६ जना, छुमचौर २२ जना अन्य ३५ जना रहेका जिल्ला प्रशासन कार्यालयको तथ्यांक रहेको छ । यसैगरी आज जिल्लामा ४५ जना क्वारेन्टाईनमा थप भएका जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्