OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २०, २०७७ सुर्खेत,
११८३ पटक

२० जेठ २०७७, मंगलबार

कर्णाली प्रदेशसभाका सदस्यरुले आज बसेको प्रदेशसभा बैठकमार्फत् कर्णालीमा कोरोनाको भयावह अवस्थाबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोनाको संक्रमणले कर्णाली भयावह अवस्थामा पुगेको बताउनुभयो । यो महामारीका कारण कर्णालीमा छोटो समयमै २६२ कोरोना संक्रमित पुगेको र अँझै बढ्ने अवस्थामा संक्रमण फैलिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य हिमबहादुर शाहीले कर्णाली सरकारले कोरोना भाइरससँग लड्ने रणकौशल बनाउन नसकेको टिप्पणी गर्नुभयो । कोरोना नियन्त्रण तथा रोकथामको स्पष्ट बटमलाईन केहो भन्ने प्रश्न गर्दै उहाँले मानव जातिको परम शत्रुका रुपमा फैलिएको महामारीविरुद्ध लड्न र उच्च साहस बनाएर अघि बढ्न सरकारलाई सुझाउनुभयो ।

सत्तापक्षका प्रदेशसभा सदस्य पदमबहादुर रोकायले जुम्ला कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा संक्रमित देखिएका र नदेखिएका नागरिकहरुलाई उचित व्यवस्थापन गर्न सरकारलाई सुझाउनुभयो । कोरोनाले यहाँका नागरिकहरुको दैनिकी सन्त्रासपूर्ण बन्दै गएको बताउनुभएका सदस्य रोकायले संक्रमितहरुलाई जतिसक्दो आइसोलेसनमा राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य अमरबहादुर थापाले भारतबाट आएका दैलेखका जनतालाई क्वारेन्टिनमा व्यवस्था गर्न एवं अवस्था बुझ्न खोज्दा सभामा दैलेखका दुईजना संसदहरुलाई आउन रोक लगाईनु गलत निर्णय भएको जिकिर गर्नुभयो । उहाँले पनि कर्णालीमा कोरोनाको संक्रमण डरलाग्दो तरिकाले बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो ।

पूर्वमन्त्री तथा सभा सदस्य खड्क खत्रीले सरकारलाई मात्र दोष लगाएर नहुने भन्दै हरेकले आ– आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । यद्यपि सरकारले सबैसँग समन्वय सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले महामारीमा संसदमै दोहोरी नखेलेर सबैलाई संयमताका साथ कोरोनाको लडाईमा एकजुट भएर लाग्न आग्रह गर्नुभयो । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्