

खलंगा कार्तिक ७ गते । नाग्म गमगडी राजमार्गमा जीप खस्दा ३ जनाको मृत्यू भएको छ ।
भे १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका बड्की पागरपालि भन्ने स्थानमा राजमार्गबाट जीप खस्दा ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।
मृत्यू हुनेमा एकै परिवारका ३ जना रहेका छन् । तिला गाउँपालिका वडा नं ३ का २५ बर्षिय लाल सार्की, उहाकी श्रीमति जानकी सार्की र ८ महिनाकी छोरी महिमा सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँका अनुसार ४ जना घाईते समेत भएको खबर आएको छ । यसैगरी घाईतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेकोछ ।
रारा भ्रमणको भिन्नै वलेरो दुर्घटन ः
यसैगरी राराताल भ्रमण गर्न गएको एक बलेरो जीप सिंजाकै गोठीज्यूला गोरुचौरमा ग १ ञ १०९७ को गाडी पल्टिदा सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी उक्त जिपका चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएका छन् । यसैगरी घटनास्थलमा शव भने अलपत्र रहेको स्थानीयले जनाएका छन् । यसैगरी घाईते २ को अवस्था गम्भिर भएको प्रतिष्ठानले जनाएको छ ।