OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७७ सुर्खेत,
६५२ पटक

१९ जेठ २०७७, सोमबार

कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका २४ स्थानमा एक हजार आइसोलेसन निर्माणको तयारी थाल्ने भएको छ ।

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको सातौ बैठकमा बोल्दै प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशका २४ स्थानमा एक हजार ६० आइसोलेसन बेड तयारी भोलिदेखि थालिने बताउनुभयो । सबै स्थानका आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले बजेटिङ गरिसकेको बताउनुभयो ।

उहाँले संघीय सरकारसँग अनुरोध गरेर यस प्रदेशका लागि एक हजार किट आएको जनाउँदै केही प्रदेश अस्पताल र केही प्रतिष्ठानले खरिद गर्ने जनाउनुभयो । पिसिआरका लागि आवश्यक ट्यूव भेरी अस्पतालबाट मगाएको बताउनुभएका उहाँले प्रदेश सरकारका लागि प्रदेश डेढ÷डेढ करोडको रु.छ हजार किट किन्न र अन्य सामग्रीका लागि सरकारले रु.चार करोड ७५ लाख ७५ हजार स्रोत छुट्याएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्