OnlinePana

आज : २०८० आश्विन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७७सुर्खेत
५२२ पटक

१९ जेठ २०७७, सोमबार

कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आरटी पिसिआर परीक्षण गरिएकाहरु मध्य ४३ र प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गरिएका मध्य ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । ७५ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित व्यक्तिको संख्या १९८ पुगेको उहाँले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आईतबार राति १०ः०० बजे आईपुगेको रिपोर्ट अनुसार दैलेखको नारायण नगरपालिका, सिमडा, सोत, साडु, जुकेपानी र दुल्लु गरेर २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा ८ र सिंजा गाउँपालिका ९ जना गरी १७ तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको उहाँले जनाउनुभयो ।

त्यस्तै सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलख नारायण नगरपालिकाका १६, महावु गाउँपालिकाको १, सल्यान बनगाड कुपिण्ड नगरपालिकाका १० र सुर्खेत बराहताल गाउँपालिकाका ५ जना व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको शाखा प्रमुख कँडेलले बताउनुभयो । मन्त्रालयको जनस्वास्थ्य शाखाका अनुसार जुम्लासँगै कर्णालीका ६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिकृया दिनुहोस्