OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७७सुर्खेत
४६९ पटक

१९ जेठ २०७७ सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गए राति छिमेकी ५ नम्बर प्रदेश अन्तरगत राप्तीसोनारी गाउँपालिका २ बाँकेको ठुरिया जंगलमा भएको सडक दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।

आज एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको समस्याका कारण भारतबाट उद्धार गरी घर फर्काउने क्रममा हुनगएको सडक दुर्घटनामा परी १२ जनाको दुखद निधन र २१ जना गम्भीर घाईते भएको घटनाले स्तब्ध बनाएको बताउनुभएको छ । दुर्घटनामा निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका आफन्तजनहरुप्रति उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

शोक वक्तव्यमार्फत मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “अकल्पनीय र पिडादायी दुर्घटनाका कारण निधन तथा घाईते हुनुभएका अधिकांश नागरिकहरु कर्णाली प्रदेशवासी हुनुहुन्छ । यसबाट सम्बन्धित घरपरिवारमा पर्नगएको दुखप्रति गहिरो सहानुभुति प्रकट गर्दछु । दुर्घटनामा घाईते हुनुभएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना छ ।”

उहाँले घाईते हुनेहरुको भरपर्दो उपचार एवं मृतकहरुको शव घरसम्म पुरयाउने व्यवस्था मिलाउन पहल गरिएको भन्दै उपचारका लागि कुनै कमी हुन नदिईने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । यो महामारीको बेला दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार तथा सुचना सम्प्रेषणमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारीसहित स्थानीय धन्यवाद ज्ञापन गर्नुभएको छ ।

भारतबाट फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यानतर्फ जाँदै गरेको ना.५.ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा.४.ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ः०० बजे ठोक्किएर सो दुर्घटना भएको थियो । उक्त घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस्