OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ १९, २०७७जुम्ला
२६५१ पटक

१९ जेठ २०७७ सोमबार

जुम्ला बसपार्कमा भारत र जिल्ला बाहिरबाट आएका चन्दननाथ नगरपालिकाका १२ जना र तातोपानी गाउँपालिकाका २३ जना बस्ने स्थान नभएर गाउँ छिरेका स्थानीयले बताएका छन्। क्वारेन्टाईन व्यवस्थापन नहुदा भारतबाट अलपत्र भएका आएका सिधै गाउँ छिरेकाअाशंका गरिएकाे छ ।

स्थानीय अमरबहादुर रोकायाका अनुसार ८, १० जना गैरागाउँतिर लागेका, केही छिना तिर लागेका थिए । काे कहाँ गए थाहा भएन तर झाेला बाेकेर हिड्दै थिए । दिनभर गाडिमा जुम्ला पुगेपनि बस्ने क्वारेन्टाईन नहुदाा अलपत्र परेका थिए । जिल्ला विपत व्यवस्थापन समितिको निर्णय कार्यान्वयन हुन नसकेको कारण समस्या आएको हो ।

यसैगरी सो टोली सँगै आएका गुठिचौर गाउँपालिकाका ५ जना गाउँपालिकाले गाडिमा गाउँपालिकातिरको क्वारेन्टाईनमा लिएको जानकारी प्राप्त भएको छ ।
अहिले भारतबाट आएका मानिसहरुको संक्रमण बढेको छ । उनीहरुलाई बस्ने व्यवस्था नै नभएर गाउँ छिरेपछि जुम्लामा ठूलो त्रास फैलिएको छ । उनीहरु खास कता गए भन्ने थाहाँ भएको छैन ।

राख्ने स्थान नभएर वसपार्कमा त्यसै बसिरहेका थिए, प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थान निर्धारण भएको छैन कता राख्ने भन्ने अन्यौल भयौ। उनीहरुलाई क्वारेन्टाइनको व्यवस्थापन नहुदा अलपत्र परेका थिए । जिल्ला बिपत व्यवस्थापन समितिको वैठकले निर्णय गरेका क्वारेन्टाईन क्षेत्रको निर्णय कार्यान्वयन नहुदा अव आउने व्यक्तिहरु कहाँ राख्ने भन्ने अन्यौल भएको छ । धेरै दिन पछि भोकै उनीहरुलाई खाना पनि नभएका कारण स्थानीय यूवाहरुले सहयोग गरेर नास्ता खुवाएका छन् ।

नियन्त्रण बाहिर जुम्ला

तोकिएको स्थान सरकारी संरचनाहरुमा राख्न नसकेपछि क्वारेन्टाईन कता बनाउने भन्ने अन्यौल भएको हो । चन्दननाथ नगरपालिकाले नगरपालिकामा आएका व्यक्तिहरु वडास्तरमा जिम्मा दिएर राख्ने निर्णय भएको नगरपालिकाकाले जनाएको छ ।

यता तातोपानी गाउँपालिकाले जिल्लाले पहिले एकिकृत क्वारेन्टाईन गर्ने भनेर दुर्गा मा.वि लाम्रामा तोकेपछि त्यहाँ भारतबाट आउनेहरु भरिभराउ छन् ।
अहिले सम्म उच्च सुरक्षाका साथ क्वारेन्टाईन जुम्लाका रहेकोमा अव के हुने भन्ने त्रास बढेको छ । भारतबाट आएका व्यक्ति सिधै गाउँ छिरेपछि अवस्था के होला स्थानीय सरोज शाहीले भन्नुभयो ।

अहिलेसम्म चार सय बढि मानिसहरु जिल्ला आएका र उनीहरु अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लामा, सरस्वती मावि कुडारी र सीता मावि रारालिहीमा रहेका छन् । आईतबार मात्रै जुम्लामाा १९ जनामा संक्रमण देखिएकाे छ। अाईतवार दिनभर बसेकाे जिल्ला बिपत व्यवस्थापन समिति सहित राजनैतिक दल, जनप्रतिनिधिहरूकाे वैठकले क्जारेन्टाईन निर्धारण गरि कार्यान्वयन गर्न नसक्दा समस्या भएकाेछ । यता ताताेपानी गाउँपालिकाले २३ जनालाई लाम्राकाे क्वारेन्टाईनमा राखेकाेे जानकारि गरेकाेछ । गाउँपालिका अध्यक्ष नवराज न्या‌ैपानेले मध्यरात उनिहरूलाई लाम्रा क्वारेन्टाईनमा लिईएकाे छ ।

प्रतिकृया दिनुहोस्