

जुम्ला/पुष १३ गते । त्रिभूवन विश्व विद्यालय अन्तरगतको साविक कर्णालीमा रहेको एकमात्र आंङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसमा नयाँ संकाय तथा बिषयहरु थप गरिने भएको छ ।
जुम्ला बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला समन्वय समितिको पहलमा जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, राजनैतिकदल, जुम्ला बहुमुखी क्याम्पस, नागरिक समाज, शिक्षाविद्ध, पत्रकार सहित सरोकारवाला निकायको उपस्थितिमा स्नातक स्तहका केही संकाय र बिषय थप्ने निर्णय गरिएको छ ।
बर्तमान समययको मागको आधारमा जुम्ला बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनका लागि तथा जिल्लाकै उच्च शिक्षा अध्यननका लागि नयाँ संकाय स्नातकमा कानून संकाय, मानविकी संकाय र व्यवस्थापन संकाय थप्ने निर्णय गरिएको छ । कानून संकायमा कानून बिषय, मानविकिमा आमसञ्चार तथा पत्रकारिता, पर्यटन तथा हेरिटेज, सामाजिक कार्य, मनोविज्ञान परामर्श तथा व्यबस्थापन तर्फ विज्ञान तथा सूचना प्रविधि रहेको छ ।
संकाय तथा बिषय थप गर्नका लागि शुरुवाति बर्षको आर्थिक सुनिश्चितता जुम्लाका स्थानीय तहले गर्ने निर्णय भएको छ । शुरुवाति चरणमा जिल्लाले लाग्ने आर्थिक रु ९४ लाख ५० हजार सहयोगको प्रतिवद्धता सहित निर्णय गरिएको छ ।
यसका लागि चन्दननाथ नगरपालिकाले रु १५ लाख र अन्य सात वटा गाउँपालिकाले १०÷१० लाख सहयोग गर्ने निर्णय भएको छ । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य, पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिहं बोहोराले उच्च शिक्षाका लागि आवश्यक आर्थिक सहयोगको प्रतिवद्धता जनाउने बताउनुभयो । अन्य गाउँपालिकाको पनि एकिकृत निर्णय भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जुम्ला तथा कर्णालीको शैक्षिक क्षेत्रको धरोहर जुम्ला बहुमुखी क्याम्पसलाई स्तरउन्नति गर्न स्थानीय तहले गरेको प्रतिवद्धता, क्याम्पसले उठाएको सवाल र सरोकारवालाको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले यस कार्यका लागि प्रशासनबाट गर्नुपर्ने सहयोगको प्रतिवद्धता जनाउनु भयो ।
अन्तरक्रियामा पत्रकार महासंघका निवर्तमान अध्यक्ष नेत्र बहादुर शाहीले जुम्लामा बिषय नहुदा देशका शहर धाउने र दुःख हटाउनका लागि संकाय तथा बिषय थप्नका लागि जिल्लाको आर्थिक आधार तयार गर्न स्थानीय तहलाई अपिल गर्नुभयो ।
अन्तरक्रियामा नेपाली कांग्रेसका उपसभापति कार्मा बुढा, नेकपा एमालेका आदी प्रसाद न्यौपाने, शिक्षक बुद्धिजीवि लोकराज चौलागाई, पत्रकार महासंघका उपाध्यक्ष नौरते नेपाली, स्ववियू निवर्तमान अध्यक्ष महेश हमाल, वुद्धिजीजि रामसिंह रावल, पत्रकार दिलमाया शाही, कृष्णमाया उपाध्याय, लोकेन्द्र गिरी सहित सरोकारवाला निकायले प्रतिवद्धता सहित सूझाब दिएका थिए ।
जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले वैठकले संकाय तथा आवश्यकता भएका बिषयमा थप गर्ने आशा जागेको र तत्काल पहल थाल्न आवश्यक रहेको बताउनुभयो । अन्तरक्रियामा सो कामको लागि पहल थाल्न जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा पहल समिति गठन भएको छ । समितिकमा स्थानीय तहका प्रमुख, राजनैतिकदल, नागरिक समाज, पत्रकार तथा वुद्धिजीवि सहितको समिति बनेको छ ।
क्याप्सन /जुम्ला बहुमुखी क्याम्पसको संकाय थप तथा अन्तरक्रिया








